नुवाकोट। नेपाली कांग्रेस १४ औं महाविधेशन अन्र्तगत नुवाकोटका सवै गाउँ तथा नगरअधिवेशन सम्मन्न भएको छ । शनिबार भएको अधिवेशनले नुवाकोटका दुई नगरपालिका र १० गाउँपालिकामा नयाँ नेतृत्य चयन गर्दै नुवाकोटमा अधिवेशन सम्पन्न भएको हो । कांग्रेसले चार वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने ८ वटा पालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरेको हो ।
नुवाकोट कांग्रेसले दुप्चेश्वर, सूयगढी, किस्पाङ र लिखु गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यस्तै अन्य ६ वटा स्थानमा भने निर्वाचनको प्रकृयाबाट अधिवेशन गरिएको थियो ।
नुवाकोटको किस्पाङ गाउँपालिकाको सभापतिमा रणबहादुर लामा सर्वसम्म निर्वाचित भएका छन् । उनी किस्पाङ गाउँपालिकाका पूर्वसभापतिसमेत हुन् ।
त्यस्तै, कांग्रेस सूर्यगढी गाउँपालिकाको सभापतिमा शंकर प्याकुरेल सर्वसम्मत चयन भएका छन् । सभापति दावेदारका लागि अन्य दुई जनाले उम्मेदवारी दिएको भएपनि प्याकुरेल सर्वसम्मतबाट सभापति चयन भएका हुन् ।
त्यस्तै, लिखु गाउँपालिकाको सभापतिमा विनोद पाठक निर्विरोध चयन भएका छन् भने दुप्चेश्वर गाउँपालिकाको सभापतिमा रोजलाल तामाङ सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।
यता कांठमाडौको नजिक मानिने ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री लामा निर्वाचित भएका छन् । अधिवेशनमा भाग्यश्रीले निकटतम प्रतिद्वन्द्वी अशोक लामालाई २३ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
त्यस्तै, शिवपुरी गाउँपालिकाको सभापतिमा कविराज गुरुङ निर्वाचित भएका छन् । गाउँनगरको अधिवेशनमा गुरुङले उनका प्रतिद्वन्द्वी माधवप्रसाद भेटुवाललाई २० मत अन्तरले पराजित गरेका छन् । सभापतिमा निर्वाचित भएका गुरुङले ८८ मत प्राप्त गरेका छन् भने भेटुवालले ६५ मत प्राप्त गरे ।
उता पन्चकन्या गाउँपालिकाको सभापतिमा माधव खनाल निर्वाचित भएका छन् । खनालले निकटतम प्रतिद्धन्दी यमबहादुर थापालाई ११ मतले पराजित गरेका हुन् ।अधिवेशनमा खनालले ८१ मत प्राप्त गरे भने प्रतिद्वन्द्वि थापाले ६९ मत प्राप्त गरे ।
त्यस्तै, यता नेपाली कांग्रेसको विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशनमा श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी बद्री रिमाललाई एक मतले पराजित गरेका हुन् । श्रेष्ठले १३६ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी रिमालले १३५ मत मात्र प्राप्त गरे । यता बेलकोटगढी नगरपालिको सभापतिमा लेखनाथ मुडभरी निर्वाचित भएका छन् ।
उता नेपाली कांग्रेस तार्केश्वर गाउँपालिकाको सभापतिमा केशव अर्याल निर्वाचित भएका छन्। अधिवेशनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्।
त्यस्तै, म्यागङ गाउँपालिकाको कांग्रेस सभापतिमा सिंहराज तामाङ विजयी भएका छन्। शनिबार भएको गाउँ अधिवेशनबाट तामाङ सभापतिमा निर्वाचित भएका हुन् । तादी गाउँपालिकामा भएको अधिवेशनमा नारायण पाण्डे सभापतिमा निर्वाचित भएका छन्। शनिबार भएको अधिवेशनबाट पाण्डे निर्वाचित भएका हुन् ।