काठमाडौं। कर फर्छ्यौट आयोगका सदस्य सचिव चूडामणि शर्मालाई ५०लाख धरौटी लिएर रिहा गर्न विशेष अदालतले आदेश दिएको छ । सोमवार विशेष अदालतले उनलाई ५० लाख धरौतीमा रिहा गर्न आदेश दिएको हो ।
विशेष अदालतका सदस्य अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । निर्दोष हुन्न सकिने अवस्था नभए पनि उनीबाट प्रमाण नष्ट हुने कारण देखाउँदै दुई न्यायाधीशको संयुक्त इजलासले धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
शर्मालगायतले राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको दाबी अख्तियारले गरेको थियो । शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।