नेपाल आणविक हातहतियारको होडबाजी र आतंकवादविरुद्धमा छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल आणविक हातहतियारको होडबाजी र आतंकवादको विरोधमा भएको बताएका छन् । संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले यस्तो बताएका हुन् ।

सो क्रममा खड्काले अफगानिस्तानमा तालिवान आगमन आन्तरिक विषय भएको बताएका छन् । 

अफगानिस्तान, लिवियालगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताउँदै खड्काले ती देशका समस्या समाधान आपसी समझदारीमा हुनेमा नेपालको विश्वास रहेको बताए । 

तर, खड्काले सोही क्रममा आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको बताउँदै नेपालले त्यसविरुद्धमा रहेको बताए । 

महासभालाई सम्बोधनका क्रममा मन्त्री खड्काले कोरोनाविरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक-सामाजिक असर पारेकोसमेत बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.