धिरेन शाक्य र मञ्जु थापाको अभिनयमा 'माया लाउदै जाउँ' सार्वजनिक

काठमाण्डौं ।  गायक आनन्द कार्की र गायिका साधना सरगमको स्वरमा रहेको 'माया लाउदै जाउँ' गीतको भिडियो सार्वजनिक भएको छ ।

आनन्द कार्कीको शब्द तथा सचिन सिंहको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । गीतमा प्रेमी प्रेमिका विचको प्रेम प्रसङ्गलाई समावेश गरिएको छ ।

उत्तम हुमागाईँको छायाँकन , प्रविण श्रेष्ठको सम्पादन तथा कमल राईको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा धिरेन शाक्य र मञ्जु थापाको अभिनय रहेको छ ।

'माया लाउदै जाउँ' गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.