स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

एजेन्सी ।  अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् ।

पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी  रेकर्ड गरिएको छ । 

‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’ 

पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको  छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.