काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
बुधबारको बैठकमा एमाले सांसद भिम रावलसहित एकीकृत समाजवादीका झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले पनि रुलिङ हुनुपर्ने आवाज उठाएका थिए ।