मन्त्रिपरिषद विस्तार हुँदै, कसको भागमा कति मन्त्रालय ?

काठमाडौं । लामो समयसम्म विस्तार हुन नसकेको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता र राष्ट्रपतिले सो अध्यादेशमा हस्ताक्षर गरेसँगै शेरबहादुर देउवाले मन्त्रिपिरषद् विस्तार गर्न लागेका हुन् । 

दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउनेछ । यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको छ । 

प्रधानमन्त्री देउवाले २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न पाउने कानुनी व्यवस्था छ । नयाँ अध्यादेशअनुसार दर्ता भएका एकीकृत समाजवादीले कानुनी मान्यता पाएपछि सरकाले अध्यादेश फिर्ता लिएको हो ।

मन्त्रिपरिषदले गत भदौ १ गते राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.