ताप्लेजुङमा अक्सिजन उत्पादन

ताप्लेजुङ । ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन कार्य सुरू भएको छ । गत साता अक्सिजन प्लान्ट जडान कार्य पूरा भएसँगै अक्सिजन उत्पादन कार्य सुरु भएको हो ।

जिल्ला अस्पतालमा नियमित रूपमा अक्सिजन उत्पादन कार्य सुरू भएको ताप्लेजुङ जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए । वितगमा अन्य जिल्लाबाट अक्सिजन आयत गर्नु पर्ने समस्या हटेको राईले बताए।

विगतमा कतिपय बिरामीहरूले अक्सिजन समयमै नपाएर ज्यान गुमाउनु पर्ने समस्या रहेको थियो । अस्पताल आफैँले अक्सिजन उत्पादन गर्न थालेसँगै जिल्ला भित्रका स्वास्थ्य संस्थाहरुमा अक्सिजन आपूर्तिमा सहज हुने राई बताउँछन् ।

प्रविधि इन्टरनेस्नल सप्लार्यसमार्फत ७१ लाख ५० हजार रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान कार्य पूरा भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए ।

अक्सिजन प्लान्ट जडान कार्य पूरा भएकोले अब यहीँ प्लान्टमार्फत २४ घण्टामा ६०–६५ किलोग्रामवाला २० थान अक्सिजन सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने प्रविधि इन्टरनेस्नल सप्लार्यसका प्राविधिक दिलबहादुर बिकले जानकारी दिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.