राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजीप्रति ओलीको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजप्रति आपत्ति जनाएका छन् ।

सरकारले आफैँले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आफैँ खारेज गरेको भोलिपल्ट अध्यक्ष ओलीले कानुनमन्त्रीसँग भएको भेटघाटका क्रममा आपत्ति जनाएका हुन् । 

नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार विहान बालकोट पुगेका थिए । सरकारले संसद चलिरहेका बेला संसदको अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । यही अध्यादेशका कारण नेकपा एमालेबाट फुटेर नेकपा एस पार्टी भएको छ ।

सोमबार सरकारले मन्त्रिपरिषदमार्फत् राजनीतिक दल खारेज गर्ने निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सो अध्यादेश राष्ट्रपतिबाट जारी पनि भइसकेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.