एमाले उच्चस्तरीय कार्यदलको बैठक सुरु

काठमाडौं । नेकपा एमाले आन्तरिक एकता कायम गर्न गठित उच्चस्तरीय कार्यदलको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ । 

१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधानर्थ बनेको सो कार्यदलको बैठक सुरु भएको हो ।

स्थायी कमिटीको सोमबारको बैठकले शंकर पोखरेललाई समेत कार्यदलमा थपेर भीम रावललाई संयोजकको जिम्मेवारी दिएको छ । रावलको अध्यक्षतामा बसेको बैठकले १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने बताइएको छ ।

कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

माधव नेपालले नेकपा एमाले विभाजन गर्दा नेकपा एसमा लागेका केन्द्रीय सदस्य तथा त्यसअघि रिक्त रहेका ठाउँमा नयाँ केन्द्रीय सदस्य मनोनयनका लागि सूची तय गर्न कार्यदलले म्याण्डेट पाएको छ ।

विशेषगरी सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टि जनाउँदै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.