कांग्रेस महाधिवेशन : बैतडी पालिका सभापतिमा को-को भए विजयी 

काठमाडौं । केही दिनदेखि जारी कांग्रेसको १४ औँ महाधिवेशन जारी छ । लगभग वडा अधिवेशन सकेर पालिका अधिवेशनमा प्रवेश गरेको कांग्रेस महाधिवेशनका क्रममा बैतडीमा पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ ।

बैतडीमा दशवटा पालिकामध्ये तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएका छन् । 

पञ्चेश्वरमा सभापतिमा रामबहादुर चन्द, शिवनाथको सभापतिमा हीराचन्द, दशरथचन्द नगरपालिकाको सभापतिमा भुवनराज भट्ट, पुचौडी नगरपालिकाको सभापतिमा गणेशबहादुर गडाल, पटन नगरपालिकाको सभापतिमा मानबहादुर ऐर, मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट,सिगास गाउँपालिकामा कर्णबहादुर ऐर, दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट र डिलाशैनी गाउँपालिकाको सभापतिमा जयानन्द जोशी(जयराज) निर्वाचित भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.