कांग्रेस महामन्त्री खड्का कोरोना विशेष अस्पताल भर्ना

काठमाडौं । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना विशेष अस्पताल भर्ना गरिएको छ ।

कोरोना संक्रमणका कारण पाँच दिनदेखि होमआइसोलेनमा उपचाररत खड्कालाई मंगलबार ‘अब्जरभेसन’ का लागि सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना गरिएको हो । 

खड्काले आफ्नो फेसबुक पेजबाट अक्सिजन लेभल सामान्य भए पनि नाडीको गति (पल्स) घटेको र रक्तचाप बढेकोले अस्पताल भर्ना हुनु परेको बताएका छन् ।

मंगलबार दिउँसो २ बजे आएको खड्काको रिपोर्टमा रक्तचाप १२०/८३, अक्सिजन लेभल ९८/९७/९६, ज्वरो ९८ डिग्री, मुटुको अवस्था सामान्य रहेको उल्लेख छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.