काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित १५ जना पक्राउ परेका छन् । प्रहरीले सिंगापुर र मलेसियाबाट आएका १५ जनाबाट सात सय ५० ग्राम सुनसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद गरेको छ ।
त्यस्तै पक्राउ परेकाले पनि प्रहरीसमक्ष उक्त सुन आफ्नो नभएको बयान दिएका छन् ।
बयानमा उनीहरुले मलेसिया र सिंगापुरबाट नाम नखुलेका व्यक्तिले उक्त सुन काठमाडौंसम्म पु-याइदिन भनेको र सोहीअनुसार आफूहरुले काम गरेको बताएका प्रहरीले जनाएको छ ।