करेन्ट लागेर दुई जनाको मृत्यु

सप्तरी ।  सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार दिउँसो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय सदानन्द सरदार र सोही ठाउँकी २१ वर्षीया अन्जली सरदार छन् ।

पानी तान्ने मोटर जडान भएको कलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको स्थानीय जानकारी दिएका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.