कांग्रेस महाधिवेशन : काभ्रेमा महाभारत गाउँपालिकाबाहेक अन्य पालिकाको अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा काभ्रेमा जिल्लाका १२ का स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ ।

निर्वाचन समितिका अनुसार महाभारत गाउँपालिकाबाहेकका पालिकाको अधिवेशन सम्पन्न भएको हो।  आठ पालिकामा सर्वसम्मत र चार पालिकामा निर्वाचनमार्फत् सभापति चयन भएका छन् ।

तर, महाभारत गाउँपालिकामा विवादका कारण अधिवेशन रोकिएको छ । बाँकी महाभारतमा १४ असोजमा अधिवेशन गर्न लागिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.