नयाँ दिल्ली । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
आज बिहान १० बजेदेखि संसद भवनमा सुरु भएकाे उपराष्ट्रपति निर्वाचन साँझ ५ बजे सम्म हुने छ । साँझपछि नतिजा आउने सम्भावना छ ।
सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।