काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ५८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार १४ हजार तीनजनामा कोरोना परीक्षण गर्दा एक हजार एक सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित थप भएसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार चार सय २२ पुगेको छ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला २० वटा छन् ।
पछिल्लो २४ घन्टामा एक हजार तीन सय १८ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ६३ हजार सात सय ३४ रहेको छ ।