काठमाडौं । चलचित्र प्रेमगन्ज जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ । यो चलचित्र जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा पर्दर्शन हुने भएको हो।
चलचित्रमा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।
'अन्तर्राष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो' निर्देशक परिच्छेद सेनले भने ।'अहिले हामिले पैसाभन्दा पनि बाटो खोजिरहेका छौं । यसले गर्दा भबिस्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्ने छ ।'
स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।
चलचित्र प्रेमगन्जलाई जर्मनीको प्रतिष्ठित वितरक कम्पनी lokah film entertainment ले युरोपमा प्रदर्शन गर्दै छ।
फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुने छ ।