पशुपतिनाथमा जनैपुर्णिमाको रौनक (फोटो फिचर)

काठमाडौं ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। 

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ ।  

वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।

297633782_644883723307458_1192377106757294579_n.jpg.jpg

297721548_472357111013055_6677300538045134589_n.jpg.jpg

297828468_1009884029676621_2690303485378535459_n.jpg.jpg

298949447_731197758184855_4701601848050421469_n.jpg.jpg

297439106_470715464550946_5290412495287430139_n---Copy.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.