धनकुटामा नक्कली नोटसहित एक जना पक्राउ

धनकुटा । धनकुटामा २८ हजार नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका–९ मुलघाटमा चेकजाँचका क्रममा सोमबार राति प्रहरीले एक हजार दरका २८ वटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो ।

नक्कली नोटसहित धनकुटा–१ हिलेका एक युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरिएका सबै नोटको नम्बर एउटै रहेको जनाएको छ । घटनामा अनुसन्धान भइरहेकोले प्रहरीले विस्तृत विवरण खुलाएको छैन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.