काठमाडौं । स्ट्राइकर मोहम्मद सलाह र रोबर्टो फिर्मिनो चम्किँदा युईएफए च्याम्पियन्स लिगमा लिभरपुलले सानदार जित निकालेको छ । गय राति भएको खेलमा भ्रमणमा रहेको लिभरपुलले पोर्चुगलको एफसी पोर्टोलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको पोर्टोमा भएको खेलमा लिभरपुललाई जिताउन सलाह र फिर्मिनोले २–२ गोल गर्दा साडिनो मानेले १ गोल थपे । घरेलु टोली पोर्टोको लागि मेहेदी तेरिमीले १ गोल फर्काए ।
खेलको १८ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा मानेले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २–० को अग्रता दिलाए । ६० मिनेटमा सलाहले दोस्रो तथा टोलीको लागि ३–० को अग्रता बनाए ।
७४ मिनेटमा तेरिमीले गोल गर्दै दूरी ३–१ मा झारे । तर फिर्मिनोले खेलको ७७ र ८१ मिनेटमा गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाए ।
जितसँगै समूह ‘बी’बाट लिभरपुल शीर्ष स्थानमा रहेको छ । दुई खेलबाट शतप्रतिशत जितसहित लिभरपुलको ६ अंक छ । पराजित पोर्टोको दुई खेलबाट एक अंक छ ।
समूह ‘बी’ को खेलमा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले इटालियन एसी मिलानविरुद्ध रोमाञ्चक पुनरामगन जित निकाल्यो । मिलानमा भएको खेलमा पुनरामगन जित निकाल्ने क्रममा एट्लेटिको मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एट्लेटिकोको जितमा बार्सिलोनाका पुर्ब स्टार खेलाडी एन्टोनियो ग्रीजम्यान र लुईस स्वारेजले १/१ गोल गरे ।
यसअघि घरेलु टोली एसी मिलानलाई खेलको २०औँ मिनेटमा राफयल लेयओले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको २९ मिनेटमा फ्रान्क केसीइले दोहोरो पहेलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि त्यसको फाइदा एट्लेटिकोले लिएको थियो ।
ग्रिजम्यानले ८७ मिनेटमा गोल गरेका थिए भने स्वारेजले ९० मिनेटपछि थपिएको सात मिनेटमा गोल गरेका थिए ।
जितसँगै एट्लेटिकोले दुई खेलबाट चार अंक बनाएको छ । मिलानले भने खाता खोल्न सकेको छैन ।