‘प्रेमगञ्ज’ प्रिमियरः विवाहपछि पनि कायम रहने प्रेम र संघर्षको कथा

काठमाडाैं ।  चलचित्र ‘प्रेमगञ्ज’को प्रिमियर स्क्रिनिङ गरिएको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा आयोजना गरीएकाे प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारसम्मको सहभागिता रहेको थियो । 

२ घन्टा ५८ मिनेट लामो चलचित्र ‘प्रेमगञ्ज’मा विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई देखाईएको छ ।

फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायत कलाकारको अभिनय छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको यो फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

फिल्म भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुँदै छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.