कैलालीमा एक महिला मृत फेला

धनगढी ।  कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन् । 

बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

सोही ठाउँमा संचालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन् । लघुवित्तका कर्मचारीहरुले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.