प्रदिप गिरी सच्चा र असल नेताः प्रधानमन्त्री देउवा

काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दुस्ख ब्यत्तः गरेका छन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

'नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ 

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९:३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

FanzcxOaQAE_piX.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.