मकवानपुरमा खोला तर्ने क्रममा एक महिलाको मृत्यु

हेटौँडा ।  पश्चिम मकवानपुरको कैलाश गाउँपालिकामा खोला तर्ने क्रममा तीन जना महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ । एक महिला बेपत्ता भएकी छन् । एक जना भने खोलाबाट निस्कन सफल भएकी छन् ।

कैलाश गाउँपालिका-१० स्थित धाँदरबाट नाम्सेदुङ जाने क्रममा मनहरी खोला तर्ने क्रममा विमला सुनार, माइलीमाया रुम्बा र सन्तमाया प्रजालाई खोलाले बगाएको हो ।

बगाएकोमध्ये सुनार पौडीएर निस्कन सफल भएकी हुन् । प्रजाको शव भेटिएको छ । खोलाले बगाएकी रुम्बा अझै बेपत्ता छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.