पैसा फिर्ता नगरेपछि कान्तिपुर सहकारीका बचतकर्ताको नाराबाजी

काठमाडौं । शान्तिनगरको कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोऔअपरेटिभ लिमिटेडका बचतकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । २५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले आफूहरूको बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरुले नाराबाजी लगाएका हुन् ।  

सहकारीले बचतकर्ताको अवधि पूरा भएको फिक्स डिपोजिट पनि फिर्ता नगरेको बचतकर्ताको आरोप छ ।

पीडितमध्येकी एक रमा दाहालले फिक्स डिपोजिटमा २० लाख राखेको अवधि पूरा भएपछि रकम झिक्न जादाँ आधा मात्रै पैसा दिएर बाँकी पैसा पुनः डिपोजिट गराएर सहकारीले नवीकरण गराएको बताइन् ।

यस सहकारीमा २० हजार सदस्य छन् । सहकारीले तिनकुनेमा कान्तिपुर हस्पिटल समेत सञ्चालन गरिरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.