इन्डोनेसियामा भूकम्प

बाली–इन्डोनेसियाको बालीमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि कुटा क्षेत्रका वासिन्दा घरबाहिर निस्किएका थिए ।

भूकम्पको धक्का कडा महसुस गरिएको थियो । भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका छन्।

भूकम्पको क्षतिको विवरण सार्वजनिक भएको छैन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.