दिपायलमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते 

डोटी ।  डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ बर्षीय पुरुष रहेका छन् । घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । 

गएराती १० बजे कुलपातेबाट दिपायल तर्फ आँउदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल  नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.