प्रदेश-२ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रादेशिक कार्यालयले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा मुख्यमन्त्रीको कार्यालयमा आयोगको टोलीले छापा मारेको हो ।

अख्तियारका अनुसार प्रदेश कार्यालय बर्दिबासबाट खटिएको पाँच जनाको टोलीले मुख्यमन्त्री कार्यालयमा कागजात अध्ययन र अनुसन्धानको क्रममा छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.