पहिरोका कारण पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध

पर्वत ।  पहिरोका कारण पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ । 

पोखरा–बाग्लुङ सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो झरेका कारण सवारी आवागमन पुर्णरुपमा बन्द भएको हो । 

वर्षाको कारण आज बिहान ४ बजे झरेको पहिरोले बन्द भएको सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी देउपुरले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.