काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
नेता गणेश साहका अनुसार बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी हुने भएका हुन् । ‘स्थानीय,प्रदेश र केन्द्र गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आँकलन गरिएको छ’, साहले भने ।
यसैगरी माओवादीको सो बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय पनि गरेको छ । नेता देवेन्द्र पौडेलका अनुसार केन्द्रीय कमिटीका सदस्य प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने भएका छन् । माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।