काठमाडौं । पछिल्लो २४ घन्टामा थप देशभर ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको नमुना परीक्षण उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
त्यसैगरी सोही अवधिमा कोरोनाका कारण मृत्यु हुनहरुको संख्या आठ जना छ भने १११३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएको छन् ।
देशभर निको हुनेको दर ९६.३ प्रतिशत छ । हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित छन् ।