काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायत अवस्था अध्ययनका लागि समिति गठन गरेको छ। बुद्ध एयरको ल्यान्डिङ गियर नखुलेर त्रिभुवन विमानस्थलमा बल्लबल् अवतरण गराएको भोलिपल्ट जहाजको भौतिक अवस्था अध्ययनका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा सरकारले सो समिति गठन गरेको हो ।
सोमबार बुद्ध एयरको जहाजको ल्याडिङ गियरसँग सम्बन्धित समस्याका कारण विराटनगर विमानस्थल पुगेर पनि काठमाडौं फर्काइएको थियो ।
मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गठित समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिनेछ ।
समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्यसचिव छन् ।