ना.५ ख ४९८७ नम्बरको ट्रकले ठक्कर दिँदा ताप्लेजुङका राजेश नेपाल

प्रदेश नं १ इलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करमा परी एक सहचालकको घटनास्थलमा मृत्यू भएको छ ।

मंगलबार राति पौने १० बजे खाना खान बाटो काट्दै गर्दा ना.५ ख ४९८७ नम्बरको ट्रकले ठक्कर दिँदा ताप्लेजुङ खुम्बेदिनका २३ वर्षका राजेश नेपालको मृत्यु भएको हो । 

ठक्कर दिने ट्रकचालक पाँचथरका ३४ वर्षीय सुकमान राईलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको छ । मृतक नेपाल पनि ट्रकमै सहचालकको काम गर्थे । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.