काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित नहुने भएको छ । अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने एमालले जनाएको छ।
प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोधका विषयमा छलफल गर्न सर्वदलीय बैठक विहीवार विहान बोलाएका हुन् । एमालेले भने दल फुटाउन योजनावद्ध रुपमा सभामुख लागेको आरोप लगाउँदै सभामुखको राजीनामा वा गल्ति नसच्याई कुनै पनि बैठकमा सहभागी नहुने र संसदमा अवरोध पनि नहट्ने जनाएको छ ।
एमालेले प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठकको कुनै औचित्य नरहेको पनि बताएका छन् । यस अघि पनि सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित थियो ।