अखिल (क्रान्तिकारी) को २२ औं सम्मेलन प्रचण्डले उद्घाटन गर्दै

काठमाडौं । नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन बिहीबारबाट शुरु हुँदै छ । सम्मेलनलाई माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा शुरु हुने सम्मेलनमा १५ सय बढि प्रतिनिधि सहभागी हुने अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बताएका छन् । सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछन् । नयाँ नेतृत्वका लागि सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी, विजय गौतम र दिपेश पुनलगायत आकांक्षी देखिएका छन् । रञ्जित स्वयम आफ्नो कार्यकाल दोहोर्याउन चाहन्छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.