क्याप्टेन आङ्गेलु शेर्पाको लाईसेन्स होल्ड, जहाज भने नियमित उडानमा

काठमाडौं । काठमाडौंबाट विरानगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्डिङ गेयर नखुलेको भन्दै विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको थियो । काठमाडौंमा सबै तयारी सहित आकस्मिक अवतरण गर्न लागिएको जहाज एकाएक सुरक्षित अवतरण भयो ।

जहाज नाइन–एनएनआई लाई उडाईरहेका थिए क्याप्टेन आङ्गेलु शेर्पाले । जहाजमा ६८ वयस्क, ५ बच्चा र चालक दलका ४ जना सवार थिए । सुरक्षित अवतरण पछि सबैले क्यापटेन शेर्पालाई धन्यवाद दिए ।

उनलाई एयरपोर्टमै भव्य स्वागत गरियो । त्यसको भोलीपल्ट नै नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको उक्त घटना वारे छानविन प्रक्रिया अघि बढाउने निर्णय गर्यो । अहिले प्रक्रिया अनुसार छानविन शुरु भइरहेको छ ।

छानविन प्रक्रिया शुरु हुँदा उक्त विमान नाइन–एनएनआई लाई भने होल्ड गरिएको छैन । तर विमानका क्याप्टेन शेर्पालाई भने होल्ड गरिएको छ । उनको लाईसेन्स होल्डमा छ । छानविनको रिपोर्ट नआएसम्म उनले उडान भर्न नपाउने बुद्ध एयरले जनाएको छ ।

जुन विमानमा समस्या आएको हो, त्यो विमान निरन्तर उडान भरिरहेको छ । तर विमानका क्याप्टेनलाई होल्ड गरिएको हो । छानविनबाट प्रतिवेदन नआउँदासम्म क्याप्टेन शर्पालाई उडान भर्न नदिने कम्पनिले निर्णय गरेको छ ।

घटनाको २४ घण्टा नपुग्दै विमानलाई उडानका लागि अनुमति दिने तर क्याप्टेनलाई भने होल्ड गर्ने नियम रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरको यो पहिलो घटना भने हैन । बेला–बेलामा बुद्ध एयरको विमानमा यस्तै घटनाहरु भइरहन्छ ।

थोत्रा र पुराना विमानहरु भएका कारण पनि यस्तो घटना बारम्बार भइरहेको हुन सक्छ । तर त्यस विमान वारे अहिलेसम्म सर्भिसिङ परिक्षण वा छानविन भएको छैन । नेपालमा डोमेस्टिकको प्राईभेट जहाज उडानमा अग्रस्थानमा रहेको बुद्ध एयरले यसरी हेलचेक्राई गरिरहँदा नागरिक उड्डयन प्राधिकरण भने मुकदर्शक बनिरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.