काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक राप्रपाले बहिष्कार गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १०:३० बजेबाट सर्वदलीय बैठकमा राप्रपाले पनि अनुपस्थिति भएर प्रधानमन्त्री देउवाले बोलाएको बैठक बहिष्कार गरेको हो ।
प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थियो ।