काठमाडौं । सर्वदलीय बैठकमा को-को उपस्थिति भए ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा बाहेकका अन्य दलले सहभागिता जनाएका छन् ।
देउवाद्वारा बोलाइएको बैठकमा कांग्रेसकोतर्फबाट प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् । त्यसैगरी, माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित भएका छन् भने नेकपा एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् ।
प्रमुख स्वकीय सचिव देउवाका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिति रहेको छ ।
त्यैगरी, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मजदुर किसान पार्टीबाट प्रेम सुवालले सहभागिता जनाएका छन् ।