चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुको भ्रमणले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटो फिचर)

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडौंको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ ।  उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । 

उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए । 

306030116_2677282985738993_3731901563881666711_n.jpg.jpg

306141815_3234829173431281_5338492112224553467_n.jpg.jpg

306035683_458327289676296_2407984593017689136_n.jpg.jpg

306331626_621314749480205_4715756665134711931_n.jpg.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.