भारततर्फ अवैध निकासी भइरहेको साढे २२ क्विन्टल केराउ बरामद

काठमाडौं । अवैध रूपमा भन्सार छली नेपालबाट भारततर्फ निकासी भइरहेको साढे २२ क्विन्टल केराउ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले मधुबन नगरपालिका ८ बाट  करिब दुई लाख २५ हजार मूल्य बराबरकाे केराउ बरामद गरीएकाे प्रहरीले जनाएकाे  छ  ।

बरामद गरिएको केराउ आवश्यक छानबिनका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए । नेपालले तेस्रो मुलुकबाट अनुदानमा पाउने केराउ भारतमा महंगो मूल्य पर्ने भएकाले नेपालबाट तस्करी हुने गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.