सप्तरी प्रदेशसभा २ को (क)मा सतिशको प्रभाव बढ्दै 

सप्तरी ।  पाँच वर्ष तिलाठी कोइलाडी गाउँपालिका सहजै हाँकिसकेका सतिश कुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट प्रदेश सभामा उम्मेदवारी दिने चर्चासँगै उनको प्रभाव बढ्दै गएको छ।

जनमत पार्टीले पहिलो चोटी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिईरहेकाबेला तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी छोडेर सिंह जनमत पार्टीबाट उठ्ने भएपछि मतदाताहरुले चर्चा गर्न थालेका हुन्।

शालिन र सरल स्वभावको छवि बनाएका सिंहलाई लोसपाले टिकट नदिने भएपछि उनी जनमत पार्टी प्रवेश गरेका थिए । गत भदौ ९ गते सतिश सिंहसँगै २ हजारको संख्यामा नेताकार्यकर्ता जनमत पार्टी प्रवेश गरेका थिए ।

यद्यपि सरोज कुमार मंडलले लोसपाबाट उक्त प्रदेश सभाको आफू उम्मेदवार रहेको प्रचारप्रसार गर्दै आएका छ्न्। सिंहले समेत प्रदेशसभामा उम्मेदवारी दिने चर्चा बढेपछि सरोजको प्रभाव कम भएर जाने स्थिति देखिएको छ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। त्यसैगरी मधेस प्रदेश सरकारको प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले यहीँ क्षेत्रको प्रदेश सभा (क)का निर्वाचित सांसद हुन्।

यसअघि नै मन्त्री साहले यसै निर्वाचन क्षेत्रबाट लड्ने तयारी गरिरहेको घोषणा गरिसकेका छ्न्। जसपा राष्ट्रिय अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतले समेत यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने सम्भावनाले प्रदेशसभामा समेत रोचक भिडन्त हुने मतदाताको आँकलन छ।

प्रदेशसभाको (क)मा जसपा र जनमत पार्टीबीच कडा प्रतिस्पर्धा हुने चर्चा अचेल गाउँ टोलमा हुन थालेका छ्न्। जनमत पार्टीको प्रभाव पनि उत्तिकै रहेको यस निर्वाचन क्षेत्रमा जसपाका शैलेन्द्र साहलाई कडा चुनौती दिने गरी सिंहले प्रभाव बढाउँदै गएका छ्न्।

चुनावको मुखमा सिंह र साहले तीव्र गतिमा अन्य पार्टीका नेताकार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने गतिविधि बढाउँदै गएका छ्न्। यसले पनि प्रष्ट देखिन्छ यस निर्वाचन क्षेत्रमा जनमत र जसपाबीच कडा प्रतिस्पर्धा हुने स्थिति छ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट सिंहले तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा २ हजार ९ सय ८७ मत ल्याई बिजयी भएका थिए ।उनले २०७९ को चुनावमा भने भोट बढाएका छ्न्।नेपाली कांग्रेसका अरुण मंडलसँग प्रतिस्पर्धामा रहेका सिंह गा.पा अध्यक्षमा ३ हजार ६ सय ४६ मत ल्याई निकटतम प्रतिस्पर्धी भएका थिए । युवा अवस्थाका नयाँ जोश जागर भएका सिंह राजनीतिमा छोटो समयमै प्रभाव जमाउन सफल भईरहेका छ्न्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.