काठमाडौंमा सभा,जुलुस, जात्रा, महोत्सव र भोजजस्ता कार्य गर्न नपाइने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोभिड-१९ संक्रमण कायम रहेको बताउँदै एक विज्ञप्ति जारी गर्दै काठमडौंमा आजदेखि अर्को आदेश जारी नहुँदासम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज नगर्न रोक आदेश जारी गरेको हो । 

बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ ।

यसका अलावा प्रशासनले न्यूनतम सहभागितामा र सांकेतिक रुपमा चाडपर्व मनाउन भनेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.