प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो

काठमाडौं ।  मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म तीनवटा कम्पनीको सेयरको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.