मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप खड्कालाई भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौं ।  भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ । 

विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका छन् । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेम गीत ३ काबारेमा अन्तर्वार्ता लिएको छ । 

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेम गीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो ।  भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

तस्बिर सौजन्यः मिलन ढुंगाना 

307981620_630041921897546_4620733506819785765_n-2-.jpg.jpg

307671530_766651057953343_5848654549659073677_n.jpg.jpg

307628516_658027838793401_7083504559696705777_n.jpg.jpg

307989872_1298035861021975_7299396714263683545_n.jpg.jpg

307918306_3473844549504986_1315452725703377914_n.jpg.jpg

307815587_396484919330807_4578032940870135777_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.