मन्त्रालयको भागबन्डा आजभोलि टुंगिने प्रचण्डको स्पष्टोक्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रालयको भागबण्डा आजभोलि टुंगिने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौँ । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदैछ,’ उनले भने । 

पूर्वप्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा पारिएको बताउँदै उनले सहिद तथा बेपत्ता घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको बताए । 

उनले भने, ‘विगतमा छुटेकाहरूलाई समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने भनेर प्रक्रिया पनि अघि बढेको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.