प्रचण्डले भने,माओवादी सखाप पार्ने प्रतिक्रियावादीको रणनीति परास्त गर्‍यौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन र उपलब्धि समाप्त पार्ने रणनीति परास्त गरेको बताएका छन् ।

पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले डेढ वर्षयता जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारीलाई पराजित गरेको बताए ।

ुगएको डेढ वर्षदेखि लगातार हामी जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारी प्रवृत्तिसँग संघर्ष गर्‍यौं । त्यो ब्याटलमा हामी विजयी भएका छौं,एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले भने,हामी पराजित भएको भए संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने, समावेशी समानुपातिक मौलिकलगायत प्राप्त अधिकार उल्टिने खतरा थियो ।

ओलीले चालेका कदमविरुद्धको लडाइँलाई प्रचण्डले अर्को जनयुद्धको नाम पनि दिए । जसरी जनयुद्धमा प्रतिक्रियावादीले हामीलाई घेरा हाल्ने सखाप पार्ने रणनीति लिएका थिए हामीले घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति लिएका थियौं । अहिले शान्ति प्रक्रिया भएको १५ वर्षपछि पनि फेरि त्यहीँ लडाइँ भयो, उनले भने, उनीहरूले घेरा हाल्ने, सखाप पार्ने, हाम्रा राजनीतिक एजेन्डा सखाप पार्ने, हाम्रो नेतृत्वलाई सखाप पार्ने रणनीति लिए । हामीले फेरि घेरा तोड्ने र प्रतिरोध गर्ने भएर सडकमै गयौं र लाखौ जनताको साथमा आन्दोलित भयौं । विजयी भयौं ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.