काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनको तयारी पूरा भएको छ ।भोलिदेखि सुरु हुने एमाले विधान महासभामा ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् ।
नेकपा एमालेले शुक्रबार दिउँसो १२ : १५ बजे महाधिवेशन उद्घाटन हुने जानकारी गराएको छ । उद्घाटन अध्यक्ष केपी शर्मा ओलीबाट हुने कार्यक्रम छ ।
एमाले महाधिवेशन ललितपुरको सनराइज हलमा हुनेछ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।