जबज जनवादी कार्यक्रम हो : बादल

काठमडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले जबज जनवादी कार्यक्रम भएको बताएका छन् ।

बुधबार नेकपा एमाले विधान महासभा हुने अघिल्लो दिन महाधिवेशन तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनका क्रममा थापाले यस्तो बताएका हुन् । 

सञ्चारकर्मीले सोधेको कार्यक्रममा बादलले जबज जनवादी कार्यक्रम रहेको प्रतिक्रिया दिँदै भने, ‘जबजको कार्यक्रम भनेको त्यसबेला जनवादी कार्यक्रम थियो । जबज अझैं सान्दर्भिक छ । समाजावदमा संक्रमण गर्ने कार्यक्रम पनि त्यसमा थियो । राष्ट्रिय पुँजीको विकास गर्ने कुरा पनि जबजमा थियो । किनभने राष्ट्रिय पुँजीको विकास नगरी समाजवादमा पुग्न सकिन्नँ । त्यसैले यो अहिले पनि सान्दर्भिक छ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.