प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं ।  साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ ।

यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.